Kath khabar
ओखलढुंगामा जीप दुर्घटना - दुई जनाको मृत्यु, ९ जना घाइते

 

                ओखलढुंगा, फागुन २१ । ओखलढुंगामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ स्थित राहुटार नजिक यात्रुवाहक जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सोही इलाकाका ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठ रहेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिए ।

दुर्घटनामा अन्य ९ जना घाइते भएकामध्ये केहीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update