Kath khabar
सिन्धुलीको फिकलमा बस दुर्घटना , ५ जनाको घटनास्थलमै मृत्यु

 

                      सिन्धुली, फागुन २८ । सिन्धुलीको मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका-४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको  खुर्कोटस्थित  अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update