Kath khabar
तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

                           काठमाडौं, चैत ४ । काठमाडौंको काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित सडकमा ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–९ घर भई हाल काठमाडौं सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update