Kath khabar
रवि लामिछाने राहदानी प्रकरण : मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर


                      काठमाडौं, चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति रवि लामिछानेको दोहोरो राहदानीको प्रकरणमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रहरीको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले पनि सहमति जनाएको छ ।

रविले अमेरिकी र नेपाली पासपोर्ट एक साथ प्रयोगमा ल्याएको भन्दै त्यसको अनुन्धान हुनुपर्ने माग राख्दै सिन्धुलीका युवराज सफलले उजुरी दिएका थिए । सफलले गृह मन्त्रालयमा हालेको उक्त उजुरी जिल्ला प्रशासन कार्यालय काठामाडौं हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंसम्म पुगेको थियो।

त्यसपछि रविको दोहोरो पासपोर्टबारे अनुसन्धान अघि बढेको थियो। अनुसन्धान सकेर प्रहरीले मुद्दा चलाउनुपर्ने किसिमको नदेखएको भन्ने रायसहित प्रतिवेदन पेस गरेको हो । प्रहरीबाट आएको उक्त प्रतिवेदनमा सहमति जनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालमा पठाएको छ।

यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने फैसला गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update