Kath khabar
प्रधानमन्त्री दाहालले आज दोस्रो पटक विश्वासको मत लिनुहुँदै


                       काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

आज दिउँसो १ बजे बस्ने संसदको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुने भएको हो । पहिलोपटक विपक्षी कांग्रेसको समेत समर्थन रहेको छ।

प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद हुनुहुन्छ । प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद हुनुहुन्छ ।

पुस २६ गते विश्वासको मत प्राप्त गर्नुभएका प्रधानमन्त्री दाहालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिने कार्यक्रम तय गरिएको हो।

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update