Kath khabar
त्रिविको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी


                    काठमाडौं, चैत ६ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार श्यामराज ओझा निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ९३२ मत प्राप्त गरी स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत प्राप्त गरे ।

त्यस्तै स्ववियुको सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । कीर्तिपुरमा यसपटक इलेक्ट्रोनिक भोटिङ भएको छ । कीर्तिपुरको स्ववियु निर्वाचनमा तीन हजार ३३९ मध्ये दुई हजार ७६ मत खसेको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update