Kath khabar
राहदानी दुरुपयोगको आरोपमा लामिछानेलाई कारबाही नगर्ने महान्यायाधिवक्ताको निर्णय

 

                    काठमाडौं, चैत ६ ।  महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा दायर नगर्ने निर्णय गरेका छन् । योसँगै लामिछानेले राहदानी विवादमा क्लिन–चिट पाउने भएका छन् ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र जिल्ला सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको प्रतिक्रियाका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको जानकारी दिए ।

राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएपछि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले गरेको सिफारिसको आधारमा मुद्दा नचलाउने निर्णयमा महान्याधिवक्ता पुगेको जनाईएको छ ।

योसँगै लामिछानेलाई अब बैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचन लड्न बाटो खुलेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई रास्वपाले विश्वासको मत दिएको छ । रास्वपा छिट्टै सरकारमा सहभागी हुने पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update