Kath Khabar
प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तार, खगराज अधिकारीलाई गृहको जिम्मेवारी 

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ ।

उहाँले मन्त्रिमण्डल विस्तारको क्रममा गृह मन्त्रिमा भने खगराज अधिकारीलाई नियुक्त गर्नु भएको छ। यस्तै नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री, ज्वालाकुमारी साहलाई कृषि मन्त्री, नारदमुनी रानालाई वनमन्त्री, मोहन बाँनियालाई बिना विभागीय, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री र आशा बिकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्नु भएको छ। नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ सपथ लिने हुने भएको छ।

२५ सदस्यीय मन्त्रिमण्डले पूर्णता पाए सँगै प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री , १८ मन्त्री र तीन राज्यमन्त्री रहनु हुनेछ। यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषद् नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गर्नुभएको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update