चितवन, वैशाख ११ । चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ ।
सोमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुदेँ सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना शुरु भएको छ।
सर्वदलीय बैठकको निर्णयबमोजिम इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो । अहिले इच्छाकामना १ र ३ वडाको मतगणना भईरहेको छ ।
चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा छन्।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय