Kath khabar
तनहुँमा मतान्तर बढाउँदै स्वर्णिम, १५ हजार मत कटाउदै अग्रस्थानमा

 

                     तनहुँ, वैशाख ११ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाउदै ठूलो मतान्तरसहित अग्रस्थानमा छन् ।

वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । गएरातिदेखि सुरु भएको मतगणनाको सुरुवाती चरणदेखि नै वाग्लेले अग्रता कायम राखिरहेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update