तनहुँ, वैशाख १२ । तनहुँ–१ मा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी भएका छन् ।
तनहुँ–१ प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार डा वाग्लेले ३४ हजार ९१८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय