Kath khabar
चितवन २ मा ३७ हजार भन्दा बढि मतसहित लामिछाने अगाडि

 

                    चितवन, वैशाख १२ । चितवन २ मा ३७ हजार भन्दा बढि मतसहित रास्वपाका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याएका छन् । लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । हालसम्म आठ सय ७० मत बदर भएको छ । उहाँका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update