Kath khabar
स्वास्थ्य शिविरका लागि प्रविधिक टोली लिएर हिडेको नेपालगञ्ज मेडिकल कलेजको बस बैतडीमा दुर्घटना



                    डडेल्धुरा, जेठ २ । नेपालगन्ज मेडिकल कलेजको बस बैतडीमा दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् । बैतडीको पाटन नगरलालिका-८ दशरथचन्द राजमार्गअन्तर्गत अनारखोलीमा भे १ क ३१८ नम्बरको बस गएराती पौने ९ बजे  दुर्घटनामा परेको हो ।

दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको स्वास्थ्य शिविरका लागि नर्सिङ स्टाफ र प्राबिधिक सहितको २४ जनाको टोली लिएर हिडेको उक्त बसमा सवार मध्ये ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बस ब्रेक फेल भएर सडक किनाराको भित्तामा ठोक्किएर दुर्घटनामा परेको बताईएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको तथा घाइतेहरु सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update