Kath khabar
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ दिनकी सुत्केरी र नवजात शिशुसहित ५ जनाको मृत्यु


                काठमाडौं, जेठ ११ । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका- ८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा परी २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको छ । जिप दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।

सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बिहान ८ः२० बजे दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेको वडाध्यक्ष धनबहादुर खत्रीले बताएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको ररुकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको खत्रीले बताए। शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update