Kath khabar
राष्ट्रपति कार्यालयबाट रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव गृहमन्त्रालयमा फिर्ता


                काठमाडौं, जेठ १२ । राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयले फिर्ता पठाएको छ ।

टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा नै फिर्ता पठाएको हो । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिने गरी राष्ट्रपति कार्यालयमा फाइल पुगेको थियो।

सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो । यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए । सुरक्षाकर्मी नै मारिए पछि ८५ जना भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update