Kath khabar
गणतन्त्र दिवसमा रेशम चौधरीको कैद सजाय माफी

                     

                   काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गणतन्त्र दिवसका अवसरमा विवादित रेशम चौधरीसहित ४८२ कैदीलाई माफी दिएका हुन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजायको निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम गणतन्त्र दिवसका अवसरमा ४८२ कैदीलाई माफी दिइएको जनाएको छ ।

यसैबीच रेशम चौधरीलाई आममाफी दिने निर्णय रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । कैलालीको टीकापुरमा नाबालकसहित वरिष्ठ प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा अदालतको फैसलासँगै चौधरी जेल परेका हुन् ।

यसअघि मन्त्रिपरिषद्ले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत अधिकारवादी समूह, राजनीतिक दलले सरकारको यो कदमलाई देशको कानून व्यवस्थाको घोर उल्लङ्घन भएको बताएका छन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update