Kath khabar
आर्थिक समृद्धि हासिल गर्नमा बजेट केन्द्रित



            काठमाडौं, जेठ १५ । सरकारले आर्थिक समृद्धिमा केन्द्रित रहने गरी आगामी आर्थिक बर्षको लागि बजेट ल्याएको छ ।

यसको लागि सरकारले आर्थिक बर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैंयाँको बजेट घोषणा गरेको हो । उक्त बजेट मध्ये चालुखर्च तर्फ ६२ दशमलव २० प्रतिशत अर्थात ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगत तर्फ २५ प्रतिशत अर्थात तीन खर्ब दुई अर्ब सात करोड रुपैंयाँ र वित्तीय व्यवस्था अन्र्तगत २० प्रतिशत अर्थात तीन खर्ब ७५ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेटको श्रोत प्राप्तीकोरुपमा राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोठ, बैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड र अपुग रहेको चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ मध्ये बैदेशिक ऋणबाट दुई खर्ब १२ अर्ब ७५ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ४० अर्ब रुपैंयाँ उठाउने लक्ष्य लिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक बर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गर्दे उक्त जानकारी दिएका हुन ।

यसैगरी सरकारले आगामी बजेट मार्फत काठमाडौंको गोठाटारमा एक सय ६५ वेड क्षमताको बृद्धाश्रम र ४५ वेडको अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने योजना पनि सरकारले अघि सारेको छ । सरकारले आगामी बजेट मार्फत युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा योजना अघि सार्दे खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले धरान र भरतपुरमा एकीकृत खानेपानी र ढलको कार्यक्रम सुरु गर्ने भन्दै काठमाडौंमा १२ महिना मेलच्मीको पानी ल्याउने योजना पनि अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भने सरकारले आगामी आर्थिक बर्षको लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । सबै संघीय अस्पतालमा एक चिकित्सक स्वास्थ्यकर्मी एक अस्पताल कार्यक्रम सञ्चालन गर्दे सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गर्ने तयारी पनि सरकारले गरेको छ ।

यसैगरी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गर्दे स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि आठ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । निशुल्क औषधिका लागि भने सरकारले एक अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरणका लागि पनि सरकारले एक अर्ब ४२ करोड रुपैंयाँ बिनियोजन गरेको छ ।

सरकारले आगामी आवको बजेट मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. महतले आगामी बजेट मार्फत काठमाडौंको गोठाटारमा एक सय ६५ वेड क्षमताको बृद्धाश्रम र ४५ वेडको अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने योजना पनि सरकारले अघि सारेको छ । सरकारले आगामी बजेट मार्फत युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा योजना अघि सार्दे खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले धरान र भरतपुरमा एकीकृत खानेपानी र ढलको कार्यक्रम सुरु गर्ने भन्दै काठमाडौंमा १२ महिना मेलच्मीको पानी ल्याउने योजना पनि अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भने सरकारले आगामी आर्थिक बर्षको लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । सबै संघीय अस्पतालमा एक चिकित्सक स्वास्थ्यकर्मी एक अस्पताल कार्यक्रम सञ्चालन गर्दे सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गर्ने तयारी पनि सरकारले गरेको छ ।

यसैगरी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गर्दे स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि आठ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । निशुल्क औषधिका लागि भने सरकारले एक अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरणका लागि पनि सरकारले एक अर्ब ४२ करोड रुपैयाँ बिनियोजन गरेको बजेटमा उल्लेख छ ।   

यसैगरी सरकारले वैकल्पिक उर्जा प्रवर्द्धन गर्न एक अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ भने बुढीगण्डकी जलविद्युत आयोजना र दूधकोशी आयोजनाको मोडालिटी तयार गरी निर्माण अगाडि बढाउने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने नीति पनि सरकारले अघि सारेको छ । दुई वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्‍याइने, आगामी आर्थिक वर्षमा हुने सिँचाइ आयोजना निर्माणबाट १८ हजार ४०० हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गर्ने अर्थमन्त्री डा. महतले बताए ।

सरकारले सुनकोशी मरिणको सुरुङ निर्माण आगामी वर्ष सम्पन्न गर्ने र यसको लागि चार अर्ब १७ करोड विनियोजन गरेको जानकारी दिएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुंगे पुल निर्माण गर्ने यसका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको छ । हालसम्म पक्की सडकले नजोडिएको स्थानीय तहको केन्द्रलाई तीन वर्षभित्र पक्की सडकले जोड्ने र यसको लागि दुई अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।  
 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update