Kath khabar
चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान

 

                    काठमाडौं, जेठ १७ । चार दिने औपचारिक भारत भ्रमणका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र  छोरी गंगा दाहाल सहित सरकारी प्रतिनिधिमण्डल भारततर्फ प्रस्थान गरेका छन्  ।

प्रधानमन्त्री भारत गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । उनी जेठ २० मा स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update