Kath khabar
चेम्बर अध्यक्ष मल्ल सहितको टोली प्रधानमन्त्रीसंग भारत भ्रमणमा



                 काठमाडौं, जेठ १७ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो ।

भ्रमण टोलीमा अध्यक्ष मल्लसँगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरू दीपक मल्होत्रा र उर्मिला श्रेष्ठ हुनुहुन्छ । प्रधानमन्त्री दाहालले जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भारतीय निजी क्षेत्रसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेपाल भारतका निजी क्षेत्रका प्रतिनिधी संस्थाहरुले समेत दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजीकरण लगायतका विषयमा अन्तरक्रिया गर्दैछन् । भारतीय व्यवसायीहरूसँग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update