Kath khabar
नेपाल र भारतसरकार बीच सात सम्झौतामा हस्ताक्षर

 

              काठमाडौं, जेठ १८ ।  नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ। जसमा मुख्यस् दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको हो। उक्त समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ।

यसैगरी, अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ। भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउनेछ।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update