Kath khabar
नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै सर्वोच्चमा रिट

                

                 काठमाडौं, जेठ १९ । अघिल्लो संघीय संसदबाट पारित भएर शीतलनिवासमा थन्किएर बसेको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारीसमा नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै के.सीले रिट निवेदन दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संघीय संसद्बाट पारित भएर शीतलनिवासमा थन्किएको नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्न बनेको नागरिकतासम्बन्धी विधेयक, २०७९ प्रमाणीकरण गरेको विरोधमा सर्वोच्च अदालतमा रिट पेस भएको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update