Kath khabar
पानी परे संगै नेपालभर डेंगी सङ्क्रमण दर बढ्यो, ६६ जिल्लाका ११ सयभन्दा बढीमा डेंगी पुष्टि

 

                 काठमाडौं, असार २६ ।  डेंगी सङ्क्रमण दर बढेसँगै सरकारले गाडी मर्मत गर्ने वर्कसपका सञ्चालकहरूसँग टायरको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा‍‍‍. गोकर्ण दाहालले वर्षायाम शुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढ्ने हुँदा पानी जम्मा हुने टायर व्यवस्थापन गर्न वर्कसपहरूका सञ्चालकहरूसँग छलफल गरेको जानकारी दिए । 

पानी परेपछि टायरमा पानी जम्ने र त्यहीँ लामखुट्टेले लार्भा बनाएपछि लामखुट्टे फैलिने जोखिम बढी भएकाले वर्कसपका सञ्चालकसँग छलफल गरेको बताए ।  साथै सरकारले डेंगी सङ्क्रमण नफैलियोस् भनेर महाशाखाले गतवर्ष ५ सयभन्दा धेरै डेंगी बिरामी रिपोर्टिङ भएका जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूसँग डेंगुको एउटा केश देखिए पनि सचेत रहने विषयमा छलफल गरेको डा. दाहालको भनाइ छ । 

त्यस्तै, सबैभन्दा डेंगु सङ्क्रमित उपचार गर्ने अस्पतालका प्रमुखसँग पनि छलफल गरेको डा. दाहालले जानकारी दिए ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि डेंगु नियन्त्रण गर्न डेंगी रोकथामका लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न हरेक शुक्रबार १० मिनेट समय निकालेर घर, कार्यालय वरिपरि पानी जम्मा हुने ठाउँ सफा गर्न आग्रह गर्दै आएको छ ।  

कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. दाहालका अनुसार जनवरी देखि हालसम्म ८८ जिल्लाबाट १ हजार ९२ जनामा डेंगु पुष्टि हुनुका साथै १ जना डेंगी सङ्क्रमितको मृत्यु भएको छ । डेंगी सङ्क्रमित मध्ये काठमाडौंमा ४६, ललितपुरमा १३ र भक्तपुरमा ३६ जनामा डेंगी पुष्टि भएको छ । 

गतवर्ष असार देखि मङ्सिरसम्म ७७ वटा जिल्लामा फैलिएको थियो । गतवर्ष नेपालमा डेंगी सङ्क्रमण अहिलेसम्मकै बढी भएको थियो । इडिसिडीका अनुसार गतवर्ष  ५४ हजार ७८४ जनामा डेंगुका बिरामी भेटिएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए। जसमा बाग्मती प्रदेशमा ७७ र काठमाडौं उपत्यकामा मात्रै ५६ प्रतिशतमा डेंगी पुष्टि भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update