Kath khabar
सरकारले घटायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)


               काठमाडौं, साउन १ । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ । आइतबार सरकारले लागू गरेको स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएर समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

यातायातको घटाएको भाडादर आज सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update