Kath Khabar
हंगेरीको अवैतनिक महावाणिज्यदूतमा चौधरी

 काठमाडौं, असार ५ । नेपाल सरकारले अरूणकुमार चौधरीलाई औपचारिक हंगेरीका अवैतनिक महावाणिज्यदूतका रूपमा नियुक्त गरेको छ।

उहाँलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फे्रबअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उहाँलाई अवैतनिक महावाणिज्यदूत नियुक्त गरेको हो।

सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

नियुक्त सँगै चौधरीले नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–हंगेरीको वाणिज्यलाई सहज रुपमा अघि बढाउन भूमिका लेख्ने समेत बताउनु भएको छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update