Kath khabar
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खसेर दुर्घटना हुँदा ८ जनाको मृत्यु

 

              काठमाडौं, भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिक त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी र मलेखुको बीचमा पर्ने चालीसे छहरा नजिकै प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुबाहक बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो । अहिलेसम्म ८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ तथा उद्धार कार्य जारी छ । बसभित्र कति यात्रु थिए भन्ने यकिन भईनसकेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update