Kath khabar
त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मृतकमध्ये चार जनाको सनाखत



                  धादिङ, भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा भएको बस दुर्घटनामा ज्यान गुमाएका ८ जनामध्ये ४ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा म्याग्दीको रघुगंगा-३ का ५० वर्षीय थानबहादुर भन्डारी, पर्वतको मोदी-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी-११ का २४/२५ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ  ।

घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ । जसमध्ये ४ जनाको मलेखुमा उपचार हुँदैछ भने १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाईएको छ। जसमा एक बंगलादेशी नागरिक ३२ वर्षीय मोहमद हजिरहुल सहित काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ की १६ वर्षीया गीता जंजालीमगर, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला पौडेल, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २२ वर्षीया अञ्जु रानामगर, रघुगंगा गाउँपालिका-७ का १९ वर्षीय प्रविन पुन,  रघुगंगा-६ की २३ वर्षीया रिना रानामगर रहेका छन् ।

यस्तै एक महिलाको भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ति महिला बाग्लुङको गलकोटकी ६८ वर्षीय ज्ञानु बुढामगर हुन् । बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update