Kath khabar
बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु, मृतक सबैको सनाखत

 

 

                  बारा, भदौ ७ ।  बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा २६ जना यात्रु सवार  थिए ।

मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुर्वेदी , वर्ष ६५ की श्रीकान्त चतुर्वेदी , वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् । दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन्।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update