Kath khabar
पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, पाँचजना घाइते

 

                       पाल्पा, भदौ १३ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको रिब्दिकोट गाउँपालिका सूचना अधिकृत रुकलाल भट्टराईले आजको अर्थलाई जानकारि दिनुभएको छ ।  

उक्त  जिपमा ११ जना सवार थिए, मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई मिसन हस्पिटल तम्घासमा उपचार भैरहेको छ ।  

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update