Kath khabar
पेप्सीकोलामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जना घाइते


                 काठमाडौं, भदौ १७ । काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकमा आइतबार बिहान साढे ७ बजे दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो ।

दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ भने चार महिला र दुई जना पुरूषको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update