Kath khabar
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

 

                        काठमाडौं, भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो।

संविधानसभा अध्यक्ष नेम्बाङलाई घरमै हृदयाघात भएको उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको भएपनि बाटोमै निधन भएको जनाइएको छ । नेम्बाङ वाथरुम जाने क्रममा ढलेका थिए।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए।

स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update