Kath khabar
न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता

 

               न्युयोर्क, असोज १ ।  संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेट भएको छ । उहाँहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update