Kath khabar
२ महिनाका लागि विराटनगरमा निषेधित क्षेत्र घोषणा

 

             मोरङ, असोज १ ।  जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जरुरी सूचना निकालेर सोमवार बिहान ६ बजे देखि सर्वसाधारण तथा गाडी आवातजावात बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना लगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनु भएको हो ।

सूचनामा विराटनगरमा रहेको प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालय लगायतको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका बेला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update