Kath Khabar
२० मन्त्री पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ८ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीको पद गुमेको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै पद गएको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले  नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश जवरा र न्यायाधीश ढुंगानाको इजलासले सो आदेश दिएको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर सो रिट दायर गर्नुभएको थियो। गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update