Kath khabar
डायलासिस के हो ? के डायलासिस पछि मिर्गौला निको हुन्छ ?


                  काठमाडौं, असोज ३ । डायलासिस भनेको मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थामा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो । अथवा मृगौला फेल भएको अवस्थामा कृत्रिम रुपमा मृगौलाको काममा सघाउने विधि नै डायलासिस हो ।

स्वस्थ मृगौलाले गर्ने काम डायलासिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा हुनेगर्छ । जब मृगौलाले आफ्नो कार्यक्षमताको ८५ देखि ९० प्रतिशत क्षमता गुमाउँछ तब डायलासिसको आवश्यकता पर्छ । यो एक प्रकारले मृगौला फेलको अन्तिम अवस्था पनि हो । हामीले यो बुझ्नु जरुरी छ कि डायलासिस मृगौला रोगको उपचार होइन, बरु मृगौलाले कुनै कारणवश शरीरमा काम गर्न छोडेमा वा रोग लागेमा मृगौलाले शरीरमा गर्ने त्यो काम चाहि डायलासिसले गर्ने गर्छ ।

ख्याल राख्नुस् कि डायलासिस गर्दा मिर्गौलामा कुनै असर भने पर्दैन, उपचारले मिर्गौला निको हुन्छ । एक्‍यूट किडनी फेल्‍यर भएमा अर्थात् कुनै कारणले मृगौलाले एक्कासी काम गर्न छोडेमा र डायलासिस गर्नुपरेमा उपचारले निको हुन्छ ।  तर क्रोनिक मृगौला फेल भएमा, मृगौला प्रत्यारोपण नगरी डायलासिस गराइरहेको अवस्थामा अथवा पुरानो रोगमा डायलासिस गरेर मिर्गौला निकालेर रोग निको हुन्छ भन्ने चिकित्सा विज्ञानमा अहिलेसम्म भएको छैन ।

डायलासिस एक दिन पनि ढिलो गर्न हुँदैन, बिरामीलाई समस्या हुन सक्छ । मिर्गौला फेल भएपछि डायलासिस चिकित्सा विज्ञानको महत्वपूर्ण प्रक्रिया हो तर के डायलासिस गरेपछि मिर्गौला निको हुन्छ ? यदि हामीले डायलासिस बन्द गर्यौं भने के हुन्छ ? वा डायलासिस गराइरहेका बिरामी कति समयसम्म बाँच्न सक्छन् ?

डायलासिस गर्दा बिरामी कति दिन बाँच्न सक्छ ?
डायलासिस गरिसकेपछि बिरामी कति दिन बाँच्ने भन्ने प्रश्नको सवालमा धेरै कुरामा निर्भर गर्ने स्वास्थ्यविदहरु बताउछन् ।  

मिर्गौलाको पुरानो रोग भएमा र मिर्गौला डायलाइसिसमा छ भने डायलासिस रोक्न सम्भव नहुने डाक्टरहरु बताउँछन् । यद्यपि, एक्‍यूट किडनी फेल्‍योरमा भने यस्तो हुँदैन । यस्तो अवस्थामा डायलासिस गरिसकेपछि बिरामी कति समय बाँच्ने भन्ने कुरा पनि बिरामीलाई मुटुको रोग वा अन्य कुनै रोग छ कि छैन भन्ने कुरामा भर पर्छ, यसले विभिन्न व्यक्तिमा फरक फरक प्रभाव देखाउन सक्छ। विरामीले बिना आर्थिक समस्या नियमित डायलासिस र उपचार गराएमा विशेष समस्याको सामना गर्नु पर्दैन । उनीहरु लामो समयसम्म डायलासिस गरेर बाँच्न सक्नेछन् ।

बिरामीको इच्छाशक्तिमा पनि बिरामी बाच्ने कुरा भर पर्छ । हप्ताको तीन दिन डायलासिसका लागि अस्पताल जानुपर्ने, पाँच घण्टाको लामो डायलासिस प्रक्रियाबाट गुज्रनुपर्ने र यो क्रम वर्षौंसम्म चलिरहनुपर्ने बिरामीले स्वीकार गर्नुपर्छ । यो स्वीकार गर्न नसके, रिस उठ्छ र बोझको रूपमा लिन्छ भने उपचारमा कठिनाइ हुन्छ ।
(केही मृगौला विशेषज्ञहरुसँग गरिएको अनौपचारिक कुराकानीका आधारमा तयार)

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update