Kath khabar
सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै


                 काठमाडौं, असोज ५ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज शुक्रबार पुन :वार्ता हुँदैछ । बिहीबार रातिसम्मको छलफल निष्कर्षविहीन बनेपछि आज पुन: छलफल हुन लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले  जानकारी दिए ।

महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको हो ।  ‘हिजो सकारात्मक छलफल भएको छ। बिहानको भन्दा बेलुको बुँदागत रुपमा छलफल भएको छ। उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ। शुक्रबार बसेर टुंगोमा पुग्ने सहमति भएको छ,’ उनले भने।

वार्तामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि सहभागी थिए । शिक्षक आन्दोलनका कारण देशभरका विद्यालय बन्द भएका छन् । सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update