Kath khabar
ग्यास्ट्रिकको कारणले हुने टाउको दुखाइबाट कसरी छुटकारा पाउने ?

 

                काठमाडौं, असोज ५ । ग्यास र टाउको दुख्ने समस्यामा नपरेको सायद कोहि छैन होला तर कहिलेकाहीँ पेटमा ग्यास बढेपछि यस्तो टाउको दुख्ने गर्छ जुन सहनै नसक्ने हुन्छ । कहिलेकाहीँ अमिलो डकार र वाकवाकी लाग्ने पनि हुन्छ । यस्तो टाउको दुखाई ग्यास्ट्रिकको कारणले भएको हो ।

ग्यास्ट्रिक टाउको दुखाइ (Gastric Headache) सामान्य समस्या हो । यो इनडाइजेसनको कारण हुन्छ । जब तपाईं धेरै वा गलत तरिकाले खाना खानुहुन्छ, पेटमा ग्यास बन्न थाल्छ, जसले मस्तिष्कलाई असर गर्छ । ग्यास्ट्रिक टाउको दुखाइ हुँदा टाउको भारी महसुस हुन थाल्छ । मुटु दुख्ने र पेट फुल्ने जस्ता समस्याको पनि सामना गर्नुपर्ने हुन्छ र टाउकोको एक भागमा बेस्सरी दुख्छ, जुन पेटमा उत्पादन हुने कार्बन डाइअक्साइडका कारण हुन्छ ।

अक्सर, विवाह, पार्टी वा समारोहहरूमा, हामी उच्च कार्बोहाइड्रेट र उच्च चिनी रेसिपीहरू खान्छौं, जुन पाचनका लागि गाह्रो हुन्छ । धेरै चरणमा प्रमाणित भइसकेको छ कि जो मानिसहरु प्रायः टाउको दुख्ने समस्याबाट ग्रस्त हुन्छन्, त्यसको पछाडिको कारण ग्यास्ट्राइटिसको समस्या हो ।

टाउको दुख्ने, टाउको भारी हुनु, चिडचिडापन, निद्रामा समस्या, पेट दुख्ने, कब्जियत, वाक लाग्नु, वान्ता तथा थकान ग्यास्ट्रिक टाउको दुखाइको लक्षणहरु हुन् ।

 घरेलु उपचार
ग्यास सम्बन्धी टाउको दुखाइ छ भने मनतातो पानीमा कालो नुन र कागती मिसाएर पिउनुहोस्, यसले ग्यास र टाउको दुखाइ दुवै निको हुन्छ ।
दहीको सेवनले कब्जियत जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । दहिलाई लस्सी बनाएर पिउन सक्नुहुन्छ।
–  तुलसीको पातलाई धोएर चपाउँदा टाउको दुख्ने समस्याबाट आराम मिल्छ । अदुवा वा ज्वानोलाई पकाएर पानी पिउँदा ग्यास र टाउको दुख्ने समस्याबाट राहत मिल्छ किनभने यसले पाचनमा मद्दत गर्छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update