Kath khabar
खानापछि सख्खर खानुहोस्, हुनेछन् यस्ता फाइदा

 

                    काठमाडौं, असोज ८ ।  प्रायः हामी सबैले सुनेको नाम हो सख्खर । तर यसको उपयोग थोरै मात्र गर्छौ । सख्खरका फाइदाहरुको राम्रो ज्ञान नुहनाले पनि यसको उपयोग थोरै हुने गरेको हो । सख्खर विभिन्न काममा प्रयोग हुने बहुउपयोगी खाद्य पदार्थ हो ।

यो उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रममा उमालेपछि त्यो खुदो बन्ने गर्छ । त्यसलाई पनि थप ताप दिएर पकाएपछि बन्ने परिकार नै सख्खर हो ।

सख्खर स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले पाचन प्रणालीलाई मजबुत बनाउँछ । यसमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ । सख्खरमा आइरन, फस्फोरस, क्याल्सियम र धेरै भिटामिन जस्ता पोषक तत्व पाइन्छ। खाना खाइसकेपछि सख्खर खानु राम्रो मानिन्छ ।  दिनहुँ एक गिलास पानी वा दुधमा सख्खर मिलाएर खान सकिन्छ ।

पाचन प्रणाली बलियो बनाउँछः सख्खर पाचन प्रक्रियाका लागि निकै फाइदाजनक हुन्छ । हरेक दिन खानापछि सख्खर खाँदा पाचन प्रणाली बलियो हुन्छ । यसले ग्यास, पेट फुल्ने, अपच जस्ता समस्याबाट छुटकारा दिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : खानापछि सख्खर खाँदा ऊर्जा बढ्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । खानापछि सख्खर खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो ।

हड्डी बलियो बनाउन, जोर्नी दुखाइ कम गर्न : खानापछि सख्खर खाँदा हड्डी बलियो हुन्छ । सख्खरमा क्याल्सियम, फस्फोरस जस्ता धेरै प्रकारका पोषक तत्व पर्याप्त मात्रामा पाइन्छ । जसले हड्डीलाई मजबुत बनाउन काम गर्छ । सख्खरको सेवनले शरिरको मांसपेशीको दुखाइ पनि कम हुन्छ, साथै शरिरको थकान पनि हराउँछ ।  नियमित रूपमा दूधमा सख्खर र काँचो बेसार मिसाएर खाँदा जोर्नी दुख्ने समस्याबाट राहत मिल्छ ।

दमका रोगीको लागि फाइदाजनक : सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । चिसोको समयमा दमका रोगीमा समस्या बढ्ने हुँदा दूध र सख्खरको मिश्रणले शरीरलाई न्यानो बनाई समस्या न्यूनीकरण गर्ने गर्दछ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक हुन्छ ।

रक्तचाप नियन्त्रण गर्छ :  रक्तचापका बिरामीका लागि सख्खर रामबाण औषधि हो । सख्खरको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

तौल घटाउन : सख्खरको नियमित सेवनले तौल घटाउन मद्दत गर्छ। खानापछि सख्खर खाँदा पाचन क्रियामा सुधार हुन्छ । जसका कारण मानिसलाई तौल घटाउन मद्दत मिल्छ ।

रक्तअल्पतामा फाइदाजनक : सख्खरको नियमित सेवनले शरीरमा रक्तअल्पता हुँदैन । एनिमियाका बिरामीका लागि सख्खरको सेवन निकै फाइदाजनक हुन्छ । सख्खरमा आइरन र फस्फोरस पाइन्छ जसले शरीरमा रगत बढाउँछ । रक्तअल्पताबाट पीडित व्यक्तिहरूले सख्खरको सेवन गर्नुपर्छ।

महिलाको महिनावारीमा फाइदाजनक : महिलाहरुलाई महिनावारीका बेला पेट दुख्ने बानी छ भने उनीहरुका लागि सख्खरको सेवन निकै फाइदाजनक हुन्छ, यसले तपाईंको पेट दुखाई कम गर्छ । शरिरमा आइरनको मात्रा पनि बढाउँछ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update