Kath khabar
राफल्सको देउसी भैलो गीत सार्वजनिक, यस्तो बन्यो भिडियो



                    काठमाडौं, कात्तिक २१ । तिहारको अवसरमा दुर्गेश थापा अभिनीत राफल्स एडुकेयरको तिहार गीत सार्वजनिक भएको छ ।

राफल्स एडुकेरको आधिकारिक फेसबुक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्तासम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सांस्कृतिक र परम्परालाई विशेष महत्व दिदै क्यानडा, यूके, यूएसए र अष्ट्रेलिया लगायतका देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष सन्देश यो गीतको शब्दले दिएको छ ।

विगत १८ बर्स देखि सञ्चालनमा आएको राफल्स एडुकेरले विद्यार्थीको उज्ज्वल भविष्यको लागि विद्यार्थीलाई क्यानडा, यूके, यूएसए र अष्ट्रेलिया पठाउदै आएको छ । गत वर्ष ६ हजार ब्गम मा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो ।

दुर्गेश थापा अभिनीत तिहार गीत सुन्न र हेर्न को लागि फ्यानहरू आतुर रहेको देख्न सकिन्छ । कुनै पनि चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जताततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्दछ । राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुँवरको स्वर रहेको छ ।

भिडियो लिंक
https://youtu.be/PUfLbS2kkJE

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update