Kath khabar
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

 

                  काठमाडौं, कात्तिक २३ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ।

परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

१५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update