Kath khabar
तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने सरकारको निर्णय

 

                काठमाडौं, कात्तिक २३ । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने सरकारको निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंको मुलपानी, मोरङको विराटनगर र चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।

 मन्त्रिपरिषद् बैठकमा नेपाली क्रिकेट खेलाडीले गरेको प्रदर्शनको विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update