Kath khabar
प्रधानमन्त्रीसहित मन्त्रीहरुले १ महिनाको तलब भूकम्पपीडितलाई दिने

 

                    काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट र रुकुम पश्चिम लगायतका भूकम्प पीडितहरूलाई सहयोगका लागि दिने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भुकम्प प्रभावितहरुका लागि दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

त्यस्तै, काठमाडौंको मूलपानी, मोरङको विराटनगर र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउने निर्णय पनि आजको बैठकमा भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update