Kath Khabar
राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन

काठमाडौं, असार ११ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिनुभएको हो ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठक बारे परामर्श गर्नुभएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update