Kath Khabar
मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ, ११ असार ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।  मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उहाँले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताउनुभयो ।  नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसबीचमा उहाँले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । (रासस)

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update