Kath khabar
रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले, कुन पदमा को परे ?

 

                           काठमाडौं, मंसिर १४ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा.वाग्लेलाई उपसभापति चयन गरेको हो ।  यसअघि उपसभापति रहेका डीपी अर्याल सहित पार्टीमा अब दुई उपसभापति रहनेछन् ।

बैठकले महामन्त्री तथा प्रवक्तामा मुकुल ढकाललाई यथावत् राखेको छ भने सह-महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकिएको छ । तामाङ यसअघि नै सह-कोषाध्यक्ष थिइन्।

यस्तै पार्टीको सहप्रवक्तामा  रमेश प्रसाई, मनिष झा, प्रतिभा रावल चयन भएका छन् । बैठकले पार्टीको केन्द्रीय सदस्य पनि थप गरेको छ । जसअनुसार अनिल केशरी शाह, पुकार बम, राजन गौतम, नन्दन यादव र कामिनी चौधरी चयन भएका छन् ।

#रास्वपा

 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update