Kath khabar
भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खस्यो

 

             चितवन, माघ २ । नारायणगढ–मुग्लिन सडकखण्डमा भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ ।

मंगलबार बिहान करिब पौने पाँच बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने अनुमान गरिएको छ ।

जीप दुर्घटनामा कुनैपनि मानवीय क्षति भएको छैन । जीपका चालक सकुशल रहेको पाइएको छ ।  प्रत्यक्षदर्शीका अनुसार गाडीका चालक अर्को गाडी चढेर गएका थिए ।

जिप सडकबाट करिब ८५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । सूचनापछि लगत्तै नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो ।

सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोरसहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update