Kath khabar
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


                  भक्तपुर, माघ १२ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको बनेपा नगरपालिका–७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update