Kath khabar
काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति


                       ललितपुर, माघ २२ । ललितपुर महानगरपालिका–१५ पाटन औद्योगिक क्षेत्रभित्र सोही महानगरपालिका–२८ हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा आइतबार दिउँसो आगलागी हुँदा २ हजार ५ सय क्यूफिट काठ समेतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले नेपाली सेना, स्थानीय बासिन्दा र २ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।   

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update