Kath khabar
प्रतिनिधि सभाको बैठक आज बस्दै

 

                  काठमाडौं, माघ २४ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन र प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको छ।

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update