Kath khabar
सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

 

                   काठमाडौं, माघ २४ । प्रतिनिधि सभाले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको हो।

सो विधेयक पारित गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update