Kath khabar
बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

 

                       काठमाडौं, माघ २६ । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित मालपोत कार्यालयले बिहीबार चन्दबाग रेसिडेन्सी प्रालिलाई पत्र लेखेर जग्गाको अभिलेख अद्यावधिक गर्न आग्रह गरेको छ ।

कार्यालयले टोखा नगरपालिका-६ की वडाध्यक्ष शान्ता खनालको उपस्थितिमा कारखानाका अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनको समयसीमा दिएको पत्र बुझाएको हो ।

यो प्रकरणमा अरुण चौधरीसहित पक्राउ परेका तीनजना काठमाडौँ जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका थिए । तर, केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान जारी राखेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update